मेगा बैंक र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौं । मेगा बैंक र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

मेगा बैंकको प्रधान कार्यालयमा भएको सम्झौतापत्रमा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले हस्ताक्षर गरे ।

यस सम्झौतापश्चात मेगा बैंकका ग्राहकहरुले देशभरिका सबै शाखाबाट ज्योति लाइफ इन्स्योरेन्समा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।

बैंकले हालसम्म देशभर एक सय दुईवटा शाखा, १८ वटा एक्टेनशन काउन्टर, एक सय १९ वटा शाखारहित बैंकिङ केन्द्रहरु, दुई हजार तीन सय भन्दा बढी मेगा रेमीट सञ्जाल र ७९ वटा एटीएम मार्फत ग्राहकलाई सेवा दिइरहेको छ ।

Advertisement

Advertisement

Advertisement