नेपाल बंगलादेश बैंकले १०.५३ प्रतिशत नगद लाभांस दिने

Advertisement

काठमाडौं । नेपाल बंगलादेश बैंकले १० दशमलव ५३ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । बिहीबार बसेको बैंकको तीन सय ३२ औं सञ्चालक समितिको बैंठकले गत आवको मुनाफाबाट उक्त लाभांस दिने निर्णय गरेको हो ।

प्रस्तावीत लाभांस नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । लाभांसका लागि बैंकले बुक क्लोज गर्ने मितिका लागि अर्को सूचना जारी गर्ने जनाएको छ । बुक क्लोज मितिसम्म कायम रहेका सेयरधनीहरुमात्रै लाभांसका लागि योग्य हुन्छन् ।

बैंकको चुक्ता पुँजी आठ अर्ब आठ करोड रुपियाँ रहेको छ । यस अघि सनराइज , एनएमबी, सानिमा, एभरेष्ट, स्टाण्डर्ड चार्टर्ड, र एनआईसी एशिया, सिद्दार्थ बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन ।

Advertisement

Advertisement

Advertisement