‘ए’ डिजिभन लिग– प्रहरीले एनआरटीलई शून्य विरुद्ध एकको गोल अन्तरले हरायो

Advertisement

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको पाँचौं चरणको पहिलो खेलमा नेपाल प्रहरी क्लबले न्यूरोड टिम (एनआरटी) लाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्रहरीले एनआरटीलाई शुन्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हात पार्यो । जितसँगै प्रहरी अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यस खेलसँगै प्रहरीले १० अङ्क जोडेको छ ।

प्रहरीको जितमा नीरकुमार राईले दुई गोल गरे भने अभिषेक रिजालले एक गोल गरे । खेलको पहिलो हाफको ४१ औं मिनेटमा प्रहरीका नीरकुमारले अजित भण्डारीको पासमा हेड गोल गर्दै पहिलो अग्रता लिए ।

खेलको पहिलो हाफसम्म शुन्यका विरुद्ध एक गोलको अग्रता लिएको प्रहरीले दोस्रो हाफमा दुई गोल थप्यो । खेलको ६६ औं मिनेटमा प्रहरीका अभिषेकले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए भने खेलको ८२ औं मिनेटमा नीरकुमारले व्यक्तिगत दोस्रो गोल गरे ।

खेलमा प्रहरीका नीरकुमार राई म्यान अफ दि म्याच घोषित भए । पराजित एनआरटी एक अङ्कका साथ लिगको पुछारमा छ ।

Advertisement

Advertisement

Advertisement