एनआइसी एसिया बैंकको क्यास ब्याक योजना भोलिदेखि सुरु

Advertisement

काठमाडौं । एनआइसी एसिया बैंकले भिषा, डेबिट वा क्रेडिट कार्डमा ‘क्यास ब्याक’ योजना सुरु गरेको छ । बैंकले पीओएस मेसिनमा भिषा, डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजना सुरु गरेको हो ।

यो योजना २०१८ को डिसेम्बरदेखि २०१९ को जनवरीसम्म मात्र लागु हुने बैंकले जनाएको छ । यस अवधिमा एनआइसी एसिया बैंकको भिषा, डेबिट वा क्रेडिट कार्डका ग्राहकले पीओएस मेसिन मार्फत कुनै किसिमको सामान वा सेवा खरिद गर्दा पहिलो पाँचवटा कारोबारमा क्यास ब्याक हुनेछक्यास ब्याक हुनेछ ।

बैंकले ल्याएको योजना अनुरुप यस्तो रहेको छ क्यास ब्याकको पूृर्ण विवरण

प्रथम कारोबारमा       कारोबार रकमको २% वा बढिमा रु. १००/– क्यास ब्याक

दोस्रो कारोबारमा        कारोबार रकमको ४% वा बढिमा रु. २००/– क्यास ब्याक

तेस्रो कारोबारमा         कारोबार रकमको ६% वा बढिमा रु. ३००/– क्यास ब्याक

चौथो कारोबारमा        कारोबार रकमको ८% वा बढिमा रु. ४००/– क्यास ब्याक

पाँचौ कारोबारमा        कारोबार रकमको १०% वा बढिमा रु. ५००/– क्यास ब्याक

यस अवधिमा प्रति कारोबारको आधारमा प्रत्येक ५ सफल कारोबारमा मात्र क्यास ब्याक हुनेछ ।

बैंकको साढे चार लाखभन्दा बढी ग्राहकहरुसँग भिषा, डेबिट वा क्रेडिट कार्डवाहक ग्राहकहरु रहेका छन् ।

बैंकले मुलुकभर २६८ शाखा कार्यालयहरु, २८० एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ ईकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार २११ अर्ब रुपियाँभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १६९ अर्ब रुपियाँ पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब १४४ अर्ब रुपियाँ रहेको छ ।

हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १३ लाख ५० हजार रहेको छ ।

Advertisement

Advertisement

Advertisement