धर्मप्रचारक संस्थाको लागि पार्टी र सरकारको दुरुपयोग गरेकोमा भीम रावलको आपत्ति

Advertisement

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले धर्मप्रचारक भनि विवादित भएको संस्थाको लागि सरकार र पार्टीको दुरुपयोग गरेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन् । उनले कसैको निहित स्वार्थका लागि सरकार र पार्टीको दुरुपयोग नगर्न समेत नेतृत्वलाई आग्रह गरेका छन् । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको एसिया प्यासिफिक सम्मेलनको ट्वीटरमार्फत सांकेतिक विरोध गर्दै नेता रावलले राष्ट्रिय हित, कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्न सरकारलाई आग्रह गरेका हुन् ।

Advertisement

दक्षिण कोरियाली संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल च्याप्टरले आयोजना गरेको सम्मेलनलाई केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले उच्च प्राथमिकता दिएको छ । धर्म प्रचारक संस्थाका रुपमा परिचित यूपीएफको नेपाल च्याप्टर अध्यक्ष एकनाथ ढकाल रहेका छन। उनी नेकपाका नेता पनि हुन ्। ढकालकै जोडबलमा सुरुमा सरकार एसिया प्यासिफिक सम्मेलनको सह आयोजक बनेको थियो ।
जसको प्रमख प्रतिपक्षी नेपाली कांग्रेससहित चौतर्फी विरोध भएपछि सरकार सम्मेलनको सह आयोजकबाट हट्दै सहयोगी मात्रै बनेको छ । साथै सम्मेलनमा सहभागी हुन आउने पाहुनाको स्वागतको विषय पनि विवादमा परेको छ । कुटनीतिक मर्यादा मिचेर पाहुनाको स्वागतमा गरेको भन्दै सञ्चार माध्यम र सामजिक सञ्जालमा विरोध भइरहेको छ ।पाहुनाको स्वागतमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल त्रिभुवन विमानस्थल गएका थिए ।
यस्तो बेला नेकपाका प्रभावशाली नेता रावलले सरकार र पार्टी कुनै व्यक्ति र संस्थाको स्वार्थका लागि दुरुपयोग भएको भन्दै सार्वजनिक रुपमै विरोध जनाएका हुन् ।उनले भनेका छन्, ‘कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन। राष्ट्रिय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु पर्यो ।’ शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नु पर्छ । नभने सरकारले खोजेर भन्नु पर्छ ।’यसैबीच यूपीएफको सम्मेलनका लागि भनेर यातायातमा हिजोदेखि चार दिनका लागि लगाइएको जोर विजोर प्रणली पनि चौतर्फी विराध पश्चात आजै मध्यान्नबाट हटाइएको छ ।यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले ट्वीटरमार्फतनै धर्मप्रचारक संस्थाले आयोजना गरेको विवादास्पद सम्मेलनमा सहभागी पाहुनालाई गरिएको स्वागत अवान्छित रहेको बताएका थिए ।त्यसैगरी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि पत्रकार सम्मेलन गरेरै सह आयोजक नबन्न सरकारलाई सचेत गराएका थिए ।

Advertisement

Advertisement