दीपक मल्होत्राः जसले नेपालमा सामसुङ मोवाइलको बजार स्थापित गरे

Advertisement

काठमाडौं । सामसुङ मोवाइलको पर्यावाची नाम हो दीपक मल्होत्रा । नेपालमा मोबाइल सुरु नहुँदै सन् १९९६ तिरै मोवाइलको व्यापारमा लागेका व्यवसायी मल्होत्रालाई सामसुङ मोवाइलको नाम लिनेबित्तिकै धेरैले सम्झिने गर्दछन् ।

नेपालमा व्यवसाय गर्न निकै कठिन छ । त्यसमाथि सफल हुन झन कठिन छ । अरुले आँट नगरिरहेको बेला दीपक मल्होत्राले मोवाइल कारोबारमा नयाँ क्षेत्रमा प्रवेश गरे र छिटै नेपालमा सामसुङलाई लोकप्रिय ब्राण्डको रुमपा स्थापित गर्न सफल भए ।

चीनियाँ मोवाइलहरुको बाढी नै आउँदा पनि सामसुङले नेपाली बजारको आधा हिस्सा अझै ओगटिरहेको छ । यसको मुख्य देन मल्होत्रालाई पनि जान्छ । उनले सन् २००१ देखि नेपालमा यस ब्राण्डको मोवाइलहरु बेच्न सुरु गरेका हुन्, जतिबेला मोवाइलकै बारेमा नेपालीहरु अनविज्ञ थिए । उनले मोवाइल के हो ? चिनाए । नोकिया मोवाइल मात्रै चिनेका उपभोक्तालाई सामसुङ चिनाए ।

तर दुई दशक लगाएर उनले बनाएको सामसुङको बजारमा केही लोभिन थाले । उनको एकलरुपमा सामसुङ मोवाइल बिक्री गर्ने अधिकारलाई खोस्ने काम गरेको छन् गोल्छा अर्गनाइजेशनका शेखर गोल्छाले । शेखरले सामसुङ मोवाइल बिक्रीको काम प्रत्यक्षरुपमा आफूले नहेरेर श्रीमतीलाई अघि सारेका छन् ।

आफूले स्थापित गरेको बजार कोरियनहरुलाई प्रभावित बनाएर खोस्ने जस्तो गैरव्यवसायिक र अस्वस्थ काम भएपछि दीपक मल्होत्राले नेपाल उद्योग बाणिज्य महासंघबाट टाढिएर अहिले नेपाल चेम्बर अफ कमर्शसँग आवद्ध भएका छन् । मल्होत्रालाई चेम्बरले उपाध्यक्षसहित ससम्मान प्रवेश गराएको छ । महासंघमा हाल बरिष्ठ उपाध्यक्ष र हुनेवाला अध्यक्ष रहेका शेखर आफ्नो सोही पदको प्रभावमा धेरै कुराहरु गर्ने हैसियत राख्छन् ।

दीपक मल्होत्राको मोवाइलबाहेक अन्य दर्जनौ व्यवसाय छन् । तर उनलाई चिनाउने सामसुङले नै हो । आधिकारिक बिक्रीको अधिकार नेपालमा सामसुङले दुई जनालाई दिए पनि आफू हरेस खाएर आफूले बनाएको बजार घट्न दिने पक्षमा मल्होत्रा छैनन् । उनले सर्भिस सेन्टरहरु थप्दै लगेका छन् । मोवाइलमा उपभोक्ता ठगिनुनपरोस भनेर मल्होत्रा आफैले अभियान पनि सञ्चालन गरिरहेका छन् ।

मोबाइल फोन इम्पोर्टस् एसोसियसनका अध्यक्षसमेत रहेका उनले मोबाइल चोरी पैठारी नहोस् भनेर आइएमई नम्बर लक गर्नेदेखि लिएर नियन्त्रणका कुराहरु पनि गरिरहेका छन् । सामसुङ मोवाइलको सर्भिस राम्रो र वारेन्टीमा विश्वसनीयता हुँदा बजार कायम राख्न उसलाई सजिलो पनि भएको छ । यस्ता कुरामा सामसुङ कम्पनीले सम्झौता पनि गर्ने गरेको देखिन्न । यसअघि नोट सेभेन रिलिजको ब्याट्री पडकिने समस्या देखिएपछि उसले बजारमा बिक्री भइसकेका २५ लाख सेटहरु फिर्ता लिएको थियो ।

सामसुङबाहेक कुनै पनि ब्राण्डका मोवाइललाई पहिलो हुन नदिने योजनामा दीपक मल्होत्रा छन् । सामसुङ मोवाइल बिक्री गर्दै आएको उनको कम्पनी आइएमएस प्रालिले मोवाइलको गुणस्तरीयता, सेवा र सुबिधामा सधैं विशेष ध्यान दिने बताउँदै आएको छ । अन्य ब्राण्डका मोवाइल कम्पनीहरुले जति नै प्रचार गरे पनि उसलाई सामसुङ जस्तो विश्वास गर्ने परिस्थिति तत्काल देखिँदा पनि देखिँदैन् ।

Advertisement

Advertisement

Advertisement