विश्व बैंकका अधिकारीहरुलाई बोलाएर अर्थमन्त्रीले भने– तिम्रो तथ्यांकको आधार र विधि सच्याउ

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले विश्व बैंकका प्रतिनिधिहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर आफ्नो तथ्यांकको आधार र विधि सच्याउन सल्लाह दिएका छन् ।

विश्व बैंकको डुइङ विजनेश रिपोर्ट २०१९ प्रति सन्तुष्टि जनाउँदै आएका अर्थमन्त्रीले विश्व बैंकका अधिकारीहरुलाई बोलाएर सुचकहरु सच्याउन भनेका हुन् । उनले नेपालको लगानीको वातावरण सुधारका लागि नीतिगत र प्रणालीगत सुधारका कामहरुलाई निरन्तरता दिइएपछि आर्थिक सुचकहरुमा निकै सुधार आएको भन्दै विश्व बैंकको रिपोर्ट यथार्थ नरहेको बताएका थिए ।

नेपालमा व्यवसाय गर्ने वातावरणलाई लिएर तयार पारिएको उक्त प्रतिवेदनअनुसार नेपालको स्थिति सुधार हुनुपर्नेमा पाँच अंक तल झरेको देखाइएको छ । यसअघि १०५औं स्थानमा रहेको नेपालको डुइङ बिजनेश ११औं स्थानमा पुगेको छ । राष्ट्र बैंकका अधिकारीहरुसँग उनले यस सुचकको आधार र विधिप्रति आपत्ति जनाउँदै लगानीको बाताबरणमा नीतिगत र प्रक्रियागत सुधार भएको बेला कसरी नेपालको स्थिति झन तल गयो ? भन्दै प्रश्न गरेका थिए ।

विश्व बैंकका प्रतिनिधिहरुले भने उच्चस्तरीय प्रतिवद्धता भएमा र केही नीतिगत तथा प्रक्रियागत सुधार भएमा नेपालमा लगानीयोग्य बाताबरण बन्ने तर्क अघि सारेका थिए । अर्थमन्त्री खतिवडाले भने आर्थिक सुधार प्रक्रियामा सम्पर्क कार्यालयको रुपमा अर्थमन्त्रालयले काम गरिरहेको र लगानीको वातावरण सिर्जना गर्ने कुराको नेतृत्व स्वम आफूले लिएको बताए ।

उनले नेपालको औद्योगिक श्रम सम्वन्धमा कानुनतः रोजगारदाता, श्रमिक, सरकारको त्रिपक्षीय सम्झौता तथा समझदारीबाट नयाँ औद्योगिक बाताबरण सिर्जना भएको, केही बर्षदेखि असल औद्योगिक श्रम सम्वन्ध कायम रहेको जस्ता उदाहरण दिँदै विश्व बैंकका प्रतिवेदनमा यस्ता कुराहरु नरहेको बताएका थिए ।

Advertisement

Advertisement

Advertisement