विद्युत प्राधिकरणमा क्रियाशील सत्तारुढ दलनिकट दुई कर्मचारी युनियनको एकीकरण

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा क्रियाशील सत्तारुढ कर्मचारी संगठनहरु एक भएका छन् । पूर्वएमाले र पूर्व माओवादी केन्द्रनिकट कर्मचारी संगठनहरु शुक्रबार एक भएका हुन् ।

प्राधिकरण कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त)बीच एकीकरण भएर ‘नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन’ बनेको छ । नवगठित संगठनको संयोजकमा कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेल र राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष खगेन्द्र शाही सह–संयोजक तोकिएको छ ।

एकीकृत संगठन १४९ सदस्यीय रहेको छ । यसले महाविधेशनको आयोजना गर्नेछ । प्राधिकरणमा अब क्रियाशील युनियनको संस्था चारबाट झरेर तीन भएको छ ।

Advertisement

Advertisement

Advertisement