निर्मलाका हत्यारा खोज्न आइजीपी आफै कञ्चनपुर लागे, सैनिक जवानमाथि पनि अनुसन्धान हुने

Advertisement

काठमाडौं । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तका हत्या भएको चार महिना बितिसक्दा पनि अपराधि पत्ता नलगाउन प्रहरी टोलीहरुले नसकेपछि नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल आफै घट्ना भएको जिल्ला कञ्चनपुरतर्फ लागेका छन् ।

निर्मला पन्त हत्याको अनुसन्धानलाई नयाँ सिराबाट सुरु गर्न भन्दै उनीसहित अपराध अनुसन्धानका विज्ञ टोली मंगलबार त्यसतर्फ गएको हो । आइजीपीको टोलीमा ब्यूरोका डीआईजी निरजबहादुर शाही, इन्टरपोलका उमेशराज जोशी, एसपी गणेश रेग्मी, एसपी रामदत्त जोशीलगायत छन् ।

यो टोलीले घट्नाको नयाँ ढंगबाट अनुसन्धान थाल्ने छ । यो टोलीले घट्नास्थल नजिकै रहेको नेपाली सेनाको ब्यारेकबाट घटना भएको दिन निस्किएका सैनिक जवानहरुमाथि पनि अनुसन्धान गर्ने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement