सेयर बजार लागानीकर्ताका माग सम्बोधन: बैंकलाई ब्रोकर लाइसेन्सदेखि स्प्रेड रेट घटाउनेसम्म

Advertisement

काठमाडौं । अर्थमन्त्रालयले गठन गरेको कार्यदलले दिएको शेयर बजारसँग सम्बन्धित सुझाबहरुको नेपाल राष्ट्र बैंकले कार्यान्वयन सुरुवात गरेको छ ।
कार्यदले दिएको ५८ बुँदे सुझाबमा २७ वटा राष्ट्र बैंकले कार्यान्वयन गर्नु पर्ने सुभाबहरु रहेका छन् ।

राष्ट्र बैंकले स्प्रेड दर ४ दशमलव ७५ प्रतिशतमा घटाएर यसको गणना मासिक गर्न निर्देशन दिइएको छ । त्यसैगरी संस्थागत निक्षेपको सीमा ४५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याइएको छ । आधार दर गणना विधि परिमार्जन गरि अहिलेकै अवस्थामा पनि ऋणको ब्याज ०.७५ प्रतिशत बिन्दुले कम गरिएको छ ।

यसैगरी शेयर धितो ऋण दिँदा मूल्यांकनको ५० प्रतिशतको सीमालाई बढाएर ६५ प्रतिशत पुर्याइएको छ भने रिक्स वेटेजलाई १५० बाट झारेर १०० प्रतिशत गरिएको छ । यी सबै सेयर बजार लागानीकर्ताले अघि सारेका मागहरु थिए ।

शेयर धितो ऋण दिने सीमा बढाइएको छ । कोर क्यापिटलको २५ प्रतिशत दिन पाउने ब्यवस्थालाई परिमार्जन गरि ४० प्रतिशत पुर्याइएको छ । यसैगरी बैंकहरुलाई सहायक कम्पनी खोली शेयर ब्रोकरको काम गर्न खुला गरिएको छ ।

राष्ट्र ब्रंकले जारी गरेको प्रावधान अनुसार अन्तर बैंक कारोबारबाट प्राप्त सापटी रकमलाई सिसिडी रेसियो गणना गर्दा स्रोत परिचालनमा समावेश गर्न पाइने भएको छ ।

Advertisement

Advertisement

Advertisement