पुस १६ गतेदेखि सिन्धुपाल्चोकमा राष्ट्रिय जलवायु सम्मेलन हुने

Advertisement

काठमाडौँ ।  जलवायु परिवर्तनबारे जानकारी प्राप्त गराउन  सिन्धुपाल्चोकमा ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ हुने भएको छ । जिल्ला समन्वय समिति महासङ्घ सिन्धुपाल्चोकले आज पत्रकार सम्मेलन गरी यही पुस १६  गतेदेखि १७ गतेसम्म सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ९ को गुफाडाँडामा  आयोजना हुने भएको जानकारी दिइएको हो ।

सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही पुस १६ गते हुनेछ । सम्मेलनमा ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित एक जिल्लाबाट तीन जनाको उपस्थिति हुनेछ । सम्मेलनमा जलवायु परिर्वतनका विषयमा विज्ञले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान शाखाका र सो क्षेत्रका विज्ञ ११ जनाले कार्यपत्र प्रस्तुत गर्नेछन ।

औद्योगिक मुलुकले उत्सर्जन गर्ने कार्बनको मार नेपालीले खेप्नुपरेको हुँदा औद्योगिक मुलुकले कार्बन उत्सर्जनबाट गरेर कार्बन उत्सर्जन नगर्ने मुलुकलाई शुल्क तिर्नुपर्नेलगायतका विषयमा सम्मेलनमा छलफल हुने सम्मेलन मूल व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिए  ।

पूर्वमन्त्री एवं सांसद अग्निप्रसाद सापकोटाले विश्वको सबैभन्दा महत्वका साथ कार्यसूचीमा राखिएको जलवायु परिवर्तनको विषयसम्बन्धी सम्मेलन सिन्धुपाल्चोकमा हुन लागेकोप्रति खुशी व्यक्त गरे  ।

Advertisement

Advertisement

Advertisement