हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड कतारमा हुने

Advertisement

काठमाडौं । हिमालयन नेपाली ईभेन्ट्सले ‘हिमायलयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९’ को आयोजना गर्ने भएको छ । आयोजकले बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै माघ १८ गते कतारको दोहामा  ३७ विधामा अवार्ड वितरण गर्ने जानकारीे दिएको छ ।

उक्त अवार्डका संयोजक तथा ईभेन्ट्सका उपाध्यक्ष डि.एन घिसिङले असली सर्जक र सिर्जनाको उचित मुल्याङकन गरी उनिहरुको सम्मान गर्न अर्वाड आयोजना गरेको बताए ।

कम्पनिले पुस १४ गते शनिबार राजधानीको लाजिम्पाटस्थित् किङ्स प्यालेस रोधी क्लब एण्ड पप भेन्युमा टप पाँच नोमिनेसन ‘आउट’ गर्ने र टप पाँच मध्येबाट उत्कृष्ट एकलाई छनोट गरि कतारमा अवार्ड प्रदान गरिने घिसिङल आयोजकले बताए ।

अवार्डको निर्णायकमा मो क्तानसहित वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, उन्नती शिला बोहरा, उवन वाङ लामा, विक्रमजंग शाह, रोज मोक्तान, अन्ना स्टीर लगायत रहेका छन् ।

यस कम्पनिले अघिल्लो वर्ष पनि मलेसियामा अन्तर्राष्ट्रिय अवार्डको कार्यक्रम सम्पन्न गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement