केही दिनदेखि निरन्तर बढ्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

Advertisement

काठमाडौं । साताको पाँचौ दिन बिहिवार सुनको मूल्य बढेको छ ।

यस साताको पहिलोे दिनदेखि निरन्तर बढ्दै आइरहेको छापावाला सुन आज पनि एक सय रुपियाँले बढेर प्रतितोला ५९ हजार पाँच सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार छापावाला सुन प्रतितोला ५९ हजार चार सय रुपियाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि १० रुपियाँले बढेर प्रतितोला सात सय ३५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ५१ हजार १० रुपियाँ र प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३० रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement