एन्फा निर्वाचनमा पैसाको खोलो

Advertisement

काठमाडौं ।अखिल  नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्व चयनका लागि भएको  निर्वाचनमा पैसाको खोलो बगेको जिल्ला फुटबल संघका पदाधिकारीले बताएका छन् । त्यस्तै एन्फाअन्तर्गत काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षले पत्रकार सम्मेलन गरी सम्पूर्ण कुराहरुको जानकारी दिए ।

निर्वाचनको नतिजा प्रभावित पार्न अध्यक्षमा निर्वाचित कर्माछिरिङ शेर्पा समूहले ठूलो मात्रामा आर्थिक चलखेल गरेको आरोप उनीहरुले लगाए । उनीहरूले निर्वाचनअघि जिल्ला संघका पदाधिकारीलाई प्रभावमा पार्न ५० हजार देखि १२ लाख रुपैयाँसम्म लेनदेन गरेको भन्दै ‘अडियो रेकर्ड’ समेत सार्वजनिक गरेका छन् ।

जिल्ला पदाधिकारीहरूले निर्वाचन अघि निर्वाचन समिति, अदालत र मताधिकार प्राप्त प्रतिनिधिलाई आर्थिक प्रलोभनमा पारेको, निर्वाचन समितिलाई मार्ने धम्की दिएको आरोप पनि लगाएका छन् । उनीहरूले आवश्यक प्रमाणसहित युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसद्को सार्वजनिक लेखा समिति, फिफा र एसियाली फुटबल महासंघ (एएफसी) मा उजुरी दिने पनि बताएका छन् ।

Advertisement

Advertisement

Advertisement