लोडसेडिङ अन्त्यका लागि एकै पटक पाँच हजार ट्रान्सफर्मर फेरिदै

Advertisement

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले उपत्यका लगायतका शहरी क्षेत्रमा विद्युत आपूर्तिमा आउने अवरोध हटाउन पाँच हजार ट्रान्सफर्मर फेर्ने भएको छ । लोडसेडिङ अन्त्यसँगै पूराना ट्रान्सफर्मरले लोड धान्न नसकेपछि बढी क्षमताका नयाँ ट्रान्सफर्मर फेर्न थालेको हो । प्राधिकरणका अनुसार लोड धान्न नसकेर पूराना टान्सफर्मरको फ्युज जाँदा विजुली आपूर्ति प्रभावित हुने गरेको थियो ।

बढी क्षमताको ट्रान्सफर्मर जडान भएपछि विजुली आपूर्ति निरन्तर आउनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हटाएपछि गुणस्तरीय विजुलीका लागि ट्रान्सफर्मर फेर्ने योजना ल्याएका थिए । गत वर्ष भन्दा यो वर्ष विद्युत खपत १८ प्रतिशतले बढेको छ । माथिल्लो तामाकोशी लगायतका जलविद्युत आयोजना सञ्चालनमा आउँदा विद्युत खपत बढाउनुपर्छ ।

विद्युत खपत बढाउनकै लागि वितरण प्रणालीमा सुधार ल्याउन लागिएको  प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज  न्यौपानेले बताए । ओभरलोडका कारण बत्ती जाने/आउने प्रणालीमा सुधार हुनेछ । ट्रान्सफर्मर अपग्रेड गर्न कम्तीमा २ देखि ३ घण्टा भन्दा बढी समय लाग्ने भएकाले उक्त समयमा विद्युत आपूर्ति पूर्ण रुपमा अवरुद्ध हुनेछ ।

Advertisement

Advertisement

Advertisement