सर्वोच्चद्दारा सिजी टेलिकमलाई मोबाइल सेवा संचालनको लागि अनुमति

Advertisement

काठमाडौँ । अहिले सरकारी स्वामित्वको नेपाल टेलिकम,एनसेल र स्मार्ट जस्तै सर्वोच्च अदालतले सिजी कम्युनिकेसन(सिजी टेलिकम)लाई मोवाईल सेवा सञ्चालन अनुमति दिन नेपाल दूरसंचार प्राधिकरणलाई आदेश दिएको छ । सर्वोच्चका न्यायधिश दीपकराज जोशीको एकल इजलासले सो आदेश दिएको हो ।



अदालतको यो आदेशपछि सिजीलाई मोवाईल सेवा चलाउन बाटो खुलेको छ । यो आदेशले नयाँ मोबाइल सेवा प्रदायक कम्पनी आउने बाटो समेत खुलेको छ । नयाँ अपरेटर कम्पनी नआउँदा नेपाल टेलिकम र एनसेलको मात्रै एकाधिकार छ । यही एकाधिकारका कारण उपभोक्ताले सस्तोमा सेवा पाउन सकेका छैनन् ।

सर्वोच्चले आदेशमा भनेको छ ‘अनुमतिपत्र कार्यान्वयन गर्न आवश्यक पर्ने खरीद, जडान तथा सो सम्वन्धमा आवश्यक पर्ने थप लगानीका लागि निवेदक (सिजी टेलिकम)लाई आवश्यकता अनुसार अनुमति दिनु दिलाउनु । आधारभूत टेलिफोन सेवाको अनुमति पत्र संचालनमा ल्याउन आवश्यक पर्ने अन्य सेवा प्रदायक सरह समान हक स्थापित गर्न समेत आवश्यक फ्रिक्वेन्सी निवेदक (सिजी टेलिकम)लाई वितरण गर्न कानून बमोजिम जे जे कर्तब्य पूरा गर्नु पर्ने हो गर्नु गराउनू ।'  सर्वोच्चले  निवेदकले प्राप्त गरिसकेको फ्रिक्वेन्सी प्रयोग गर्न कुनै अवरोध नगर्नू तथा अन्य सेवा प्रदायक सरह व्यवहार गर्न समेत आदेश दिएको छ ।

Advertisement

Advertisement

Advertisement