सेन्चुरी बैंकको १८ लाख ७० हजार कित्ता सेयर लिलामीमा आउँदै

Advertisement

काठमाडौं।  सेन्चुरी बैंकले १८ लाख ७० हजार २७४ कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । बैंकले संस्थापक समूहको १४ लाख ६१ हजार ९९ कित्ता र सर्वसाधारण समूहको ४ लाख ९ हजार १७५ कित्ता सेयर लिलामी गर्न लागेको हो । लिलामीमा न्यूनतम १०० रुपैयाँलाई अधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ ।


लगानीकर्ताले यहि  पुस १८ गतेदेखि यस सेयरमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।बिक्री प्रबन्धक सिभिल क्यापिटल, सुन्धारा काठमडौं तथा सेन्चुरी बैंकका विराटनगर, धरान, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, बिर्तामोड र हेटौंडा शाखामा बोलपत्र पेश गर्न सकिनेछ ।  लिलामी भर्ने अन्तिम म्याद पुस २५ गतेसम्म रहेको छ  ।

Advertisement

Advertisement

Advertisement