'सालको पात' करोड क्लब प्रवेशको अवसरमा निर्माण युनिटले मनायो खुशियाली (भिडीयोसहित)

Advertisement

काठमाडौं।  'सालको पात 'ले करोड क्लब प्रवेश गरेको छ। यसको उपलक्ष्यमा निर्माण युनिटले राजधानीको अनामनगर स्थित युनिएन हाउसमा  सेलिब्रेसन कार्यक्रमको आयोजना गरी गायक तथा संगीतकार वसन्त थापाको युट्युव च्यानल भेरिफाइ समारोहमा खुसी बाँडेको छ।

यो गीतको लोकप्रियता निकै नै बढेको देखिन्छ। यात्रा गर्ने बस, पार्टी प्यालेस, बिवाहका समारोहमा र अन्य  सेलिब्रेसन कार्यक्रमा पनि अहिले यहि गीत मात्र रोजाईमा परि दर्शक र श्रोताको मन मुटुमा बस्न सफल भएको छ।

गायक तथा संगीतकार वसन्त थापाको संगीत र नवराज पन्तको शब्द रहेको यस गीतमा गायक कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको छ। गीतको भिडियोको निर्देशन शिव विकले गरेका हुन भने सम्पादन निशान घिमिरे र छायाँकन ज्ञानेनद्र शर्माले गरेका हुन्। अभ्यास डिजिटलले बजार ब्यवस्थापन गरेको यो गीतको भिडियोमा गायक तथा संगीतकार कुलेन्द्र विश्वकर्मा र वसन्त थापाका साथमा मरिश्का पोखरेलको प्रस्तुति रहेको छ।

आजसम्म यस गीतलाई एक करोड ५८ लाख ३८ हजार दुई सय ७६ हजारभन्दा बढीले हेरिसकेका छन्। यो नेपाली लोकगीतकै इतिहासमा सबैभन्दा बढी हेरिने गीत बनेको छ।

[embed]https://www.youtube.com/watch?v=GUV6BJ5MGqE[/embed]

Advertisement

Advertisement

Advertisement