बलिउडका सुल्तान सलमान खान ५३ औं जन्मदिन मनाउदै

Advertisement

काठमाडौँ । बलिउड चलचित्र क्षेत्रका चर्चित एबं सुपर स्टार अभिनेता सलमान खानले आफ्नो ५३औ जन्मदिन आज मनाउदै छन् । सन् १९६५ डिसेम्बर २७ मा जन्मिएका सलमान खानअहिले बलिवुडका सबै भन्दा ठुला र लोकप्रिय अभिनेता बनेका छन् पछिल्ला केहि बर्षमा भारतीय बक्स अफिसमा लगातार सफल अभिनेता बनेका छन् ।

सलमानको असली नाम अबदुल राशिद सलीम सलमान खान हो । सन् १९८८ मा  'बीबी हो तो ऐसी' नामका चलचित्रबाट फिल्मी जगतमा डेब्यु गरेका सलमानले उक्त फिल्मबाट बेस्ट डेभ्यु अभिनेताको फिल्म फेयर अवार्ड समेत पाएका थिए । त्यसपछि सन् १९९१ मा रिलिज भएको सलमानको फिल्म सनम बेवफा उनको क्यारियरको निकै महत्वपूर्ण फिल्म मानिन्छ ।

यसै बर्ष सलमानको अर्को फिल्म साजन पनि रिलिज भयो । संजय दत्त र माधुरी दिक्षितसँगको सो फिल्म पनि सुपर हित भएको थियो । त्यसपछि सन् १९९४ मा राजकुमार सन्तोषीको फिल्म अन्दाज अपना अपनामा सलमान आमिर खानसँग देखिए। यस फिल्ममा सलमानलाई नयाँ अवतार कमेडीमा देखियो। त्यसपछि १९९७ मा आएको जुडवा र १९९८ मा आएको आफ्ना भाई सोहेलले निर्देशन गरेको फिल्म प्यार किया तो डरना क्याले पनि बक्स अफिसमा राम्रो कमाई गरे ।

सलमानको क्यारियरको अर्को चर्चित फिल्म सन् १९९९ मा रिलिज भएको हम दिल दे चुके सनम रह्यो । अभिनेत्री ऐश्वर्य रायसँगको सो फिल्म संजय लिला भन्सालीले निर्देशन गरेका थिए । फिल्ममा अर्का अभिनेता अजय देवगन रहे पनि सलमानको भूमिकालाई दर्शकले विशेष मान्ने गर्दछन ।

Advertisement

Advertisement

Advertisement