शिवश्री हाइड्रोपावरले पायो आइपीओ जारी गर्ने अनुमति

Advertisement

काठमाडौं। शिवश्री हाइड्रोपावर कम्पनीले प्रभावित क्षेत्रका लागि प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रभावित क्षेत्रका लागि १४ लाख ७६ हजार ४ सय कित्ता प्राथमिक शेयर निष्काशन गर्ने अनुमति दिएको हो।

कम्पनीले ३६ लाख ९१ हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्ने योजना बनाएको छ। प्रभावित क्षेत्रका लागि निष्काशन गरेपछि २२ लाख १४ हजार ६०० कित्ता प्राथमिक शेयर सर्वसाधारणको लागि निष्काशन गर्ने कम्पनीको योजना छ । कम्पनीले आइपिओ निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार ‘इक्रा एनपी आइपिओ ग्रेड ४’ प्राप्त गरेको छ।

विज्ञहरुका अनुसार यो रेटिङले कम्पनीको वित्तीय विवरण औषत किसिमको रहेको हुँदा औषत जोखिमको संकेत गर्छ। कम्पनीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावाट क्षमताको अपर चाकु जलविद्युत आयोजना निर्माण गरेको छ ।

आयोजना निर्माणको लागि सुरुवातमा तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएकोमा भूकम्प र जुरेपहिरो लगायतका कारणले आयोजना निर्माण कार्य ढिला भइ उत्पादन लागत बढेर ४ अर्ब तीन करोड रुपियाँ पुगेको छ। यसबाट प्रतिमेगावाट लागत १३ करोड ६० लाख रुपैयाँबाट बढेर १८ करोड २० लाख रुपियाँ पुगेको छ।

कम्पनीले आयोजना निर्माणको लागि ऋणबाट ६४ प्रतिशत र शेयर पूँजीबाट ३६ प्रतिशत संकलन गर्ने जनाएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त भएको छ।

Advertisement

Advertisement

Advertisement