उद्योगपति किसनलाल दुगडको आत्मकथा ‘द रिनान्सेज म्यान’ विमोचित

Advertisement

काठमाडौं । औद्योगिक घराना केएल दुगड समूहका अध्यक्ष किसनलाल दुगडको ७५औं जन्मोत्सव पारेर उनको सचित्र आत्मकथा समेटिएको ‘द रिनान्सेज म्यान’ नामक पुस्तक विमोचन गरिएको छ ।

पुस्तकको पूर्वप्रधानमन्त्री माधव नेपालले विमोचन गरेका हुन् । पुस्तकमा किसनलाल दुगडलाई जस्तोसुकै दुःखद परिस्थितिमा पनि हरेस नखाई सकारात्मक सोचका साथ निरन्तर अगाडी बढ्ने व्याक्तिको रुपमा चित्रण गरिएको छ ।

विसं. २००० मा जन्मिएका किसनलाल दुगड १३ वर्षको उमेरदेखि नै उद्योग व्यवसायमा लागेका थिए । कृषिसम्बन्धि उद्योगहरु खोल्दै अघि बढेका उनले आँटा, तेल, चामल, मैदा तथा दालका साथै अन्य उद्योगहरु पनि स्थापना गरेका थिए । किसनलालकै नामबाट केएल दुगड समूहले विभिन्न उद्योगधन्दा सञ्चालन भइरहेको छ ।

नेपालमै कच्चापदार्थ पाइने उद्योगहरुको स्थापना गर्यो भने देशको विकासमा सहयोग पुग्ने मान्यता राख्ने केएल दुगड समूहले पछिल्लो समय सिमेन्ट उद्योग तथा हाइड्रोपावरहरुमा पनि लगानी गरेको छ । आयातको प्रतिस्थापन गरि स्वदेशी उद्योगहरुको विकासमा आफू लागिपरेको सो समूहले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement