बारपाकमा प्रभु बैंक

Advertisement

काठमाडौं । झण्डै चार बर्षअघिको विनाशकारी भूकम्पबाट निकै प्रभावित भएको गोरखाको बारपाकमा प्रभु बैंकले आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । शनिबार आयोजित कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यसको उदघाटन गरे ।

गोरखाको बारपाक सुलीकोट– १ स्थित बारपाकमा प्रभु बैंकको शाखा उदघाटनपछि बोल्दै नेता श्रेष्ठले विनाशकारी भूकम्पबाट अतिप्रभावित बारपाक सुलिकोट गाउँपालिकामा शाखा खोलेर बैंकिङ सेवा उपलब्ध गराउने प्रशंसनीय काम प्रभु बैंकले गरेको बताए ।

नेपाल पुननिर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विनाशकारी भूकम्पको केन्द्र विन्दु रहेको बारपाक सुलिकोट गाउँपालिकामा भूकम्प पीडितहरुलाई प्राथमिकताका साथ सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने उद्देश्यले आप्mनो शाखा कार्यालय विस्तार गरेकोमा बैंकप्रति आभार प्रकट गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचनले बैंकिङ पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई सेवा दिन गाउँगाउँमा पुगेर शाखा स्थापना गरिरहेको बताए ।

उदघाटनका क्रममा नेपाल राष्ट्र बैंकबाट जारी सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ अन्तर्गत पाँच जना भूकम्प पीडितहरुलाई बैंकको तर्पmबाट सहुलियत ब्याजमा घरकर्जा प्रदान गरिएको सो बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement