सशस्त्र र अनुसन्धानका प्रमुखसँग गाडि नै गाडि, श्रीमती र छोरीलाई समेत छुट्टाछुटै

Advertisement

काठमाडौं । सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालले राज्यकोषबाट किनेका ८ गाडी प्रयोग गर्दै आएका छन् । उनले बा.२झ ११७४, बा.१झ ६०९१, बा.१झ ८२६६, बा.२झ ३६८, बा.२झ ११७१, बा.२झ २३९१, बा.१झ ६६१३ र बा.१झ ९१४३ नम्बरको गाडी प्रयोग गर्छन् । यी सबै गाडीमा इन्धन, मर्मत, चालक खर्च सरकारले व्यहोर्दै आएको छ ।

त्यस्तै, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलीपराज रेग्मीले राज्यकोषबाट किनिएका पाँच गाडी प्रयोग गर्दै आएका छन् । बा.१४च ३२०९, बा.५च २२६४, बा.८च ७१९०, बा.१०च ३९२० र बा.७च १८४८ नम्बरका गाडी रेग्मीले भोगचलन गर्दै आएका छन् । यीमध्ये बा.१०च ३९२० नम्बरको उनकी छोरी र बा.७च १८४८ नम्बरको श्रीमतीले चढ्दै आएका छन् ।

त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालय र निवासमा परिचालन भएका २० गाडीको सूचीसहितको समाचार नयाँ पत्रिकाले यसअघि नै प्रकाशित गरिसकेको छ ।
आजको नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement