भूकम्प पीडितलाई बैंकहरुले शुन्य ब्याजदरमा ऋण दिन थाले

Advertisement

काठमाडौँ । भूकम्प पीडितलाई ऋण उपलब्ध गराउन शून्य प्रतिशत ब्याजदरमा आवासीय घर निर्माणका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियत कर्जा उपलब्ध गराएको छ । त्यस्तो कर्जा उपभोग गर्ने बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितबाट दुई प्रतिशतमात्रै व्याज लिन पाउनेछन् । केन्द्रीय बैंकले हालै प्रकाशित गरेको चालू आर्थिक वर्षको पछिल्लो चार महीनाको विवरणअनुसार रु.२  अर्ब २३ करोड कर्जा उपलब्ध गराइएको छ ।

सुरक्षित आवास निर्माणका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर निजी घर तथा आवास निर्माण गर्नेहरुको संख्या बढ्दै गएको पाइएको छ । निजी आवास निर्माणका लागि एक हजार चार सय जनाले बैंकबाट ऋण लिएका छन् । पुनःनिर्माण प्राधिकरणका अनुसार हालसम्म तीन लाख ३८ हजार १४७ निजी घर तथा आवास पुनःनिर्माण भएका छन् । बैंकले उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने लक्ष्यले रु. १५ अर्ब ६३ करोड पुनःकर्जा लगानी गरेको छ ।

यस्तै गत कात्तिक मसान्तसम्ममा सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्या नौ हजार ७४९ रहेका छन् ।

सो कार्यक्रमअन्तर्गत रु १४ अर्ब ३८ करोड ऋण बक्यौता रहेको छ । यस्तै रु ७५ करोड ८२ लाख ब्याज अनुदान प्रदान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement