४८ घण्टा नपुग्दै बिध्यानास गीत ट्रेण्डिङ्ग नम्बर २२ मा

Advertisement

काठमाडौं।  विभिन्न गीतहरु मार्फत चर्चाको शिखरमा पुग्न सफल ख्याति प्राप्त गायक चक्र बमको नया गीत ''बिध्यानास'' बजारमा चर्चामा रहेको छ भने ४८  घण्टा नपुग्दै युटुबको ट्रेण्डिङ्ग नम्बर ४१  मा पुग्न सफल भएको छ।

पछिल्लो समयमा बालक, युवा पुस्ता तथा बृद्धहरुको मन मष्तिस्कमा बस्न सफल र सुदुरपश्चिमको टिपिकल शब्द लिएर फरक शैलीमा गित पस्किनममा छुट्टै पहिचान बनाउन सफल नाम हो चक्र बम। फेरी चक्र बम को युटुब च्यानल मार्फत ''बिध्यानास '' लोक पप फ्युजन गीत सार्बजनिक भएको छ। चर्चित गायक चक्र वम  को सुमधुर आवाजमा सजिएको उक्त गीतमा चक्र बमकै लय शब्द रहेको छ भने नेपाल आइडलकि गायिका करिश्मा बिष्टको र्याप रहेको छ।

पछिल्लो समयका चर्चित एबम ब्यस्त निर्देशक बिक्रम चौहानको निर्देशन रहेको रहेको उक्त गीतमा चक्र बम र करिश्मा ढकाल र करिश्मा बिष्टको दमदार प्रश्तुति देख्न सकिन्छ। पछिल्लो समय गायन र मोडलिङ्ग बाट अगाडी बढेका चक्र विभिन्न साँस्कृतिक कार्यक्रम तथा महोत्सबहरुमा धेरै नै ब्यस्त रहेको देखिन्छ। बि स्टार फ्लिम्सको ब्यानरमा तयार पारिएको उक्त गीतको छायांकन प्रकाश खड्काको रहेको छ भने सम्पादन मिलन बि.क.को रहेको छ।

हाम्रो तर्फबाट पनि सम्पूर्ण युनिटलाई सफलताको शुभकामना।

[embed]https://www.youtube.com/watch?v=H1Fodb411A8[/embed]

Advertisement

Advertisement

Advertisement