मलेसिया रिटर्नी समाजको सामुहिक प्रयासमा लगानीको लागि भेला

Advertisement

काठमाडौँ । जनबरी १ मा मलेसियामा रोजगारी गरेर फर्किएका नेपालीहरुको भेला काठमाडौंमा हुने भएको छ । भेलामा मलेसियाबाट फर्किएकाहरुका बीचमा सामुहिक लगानीको खोजी गर्ने उदेश्य राखिएको छ ।

मलेसिया रिटर्नी समाज नेपालद्वारा आयोजना हुन लागेको सो भेलाका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अभियन्ता रामचन्द्र नेपालले मलेसियाबाट फर्किएकाहरुका बीचमा सामुहिक प्रयासको थालनी गर्नका लागि भेलाको आयोजना गरिएको बताए । विदेशमा सिकेको सिपलाई नेपालमा कसरी उपयोग गर्ने भन्ने विषयमा भेलामा बृहत छलफल हुने उनले बताए ।

विदेशबाट फर्किएकाहरु तथा उनीहरुका परिवारलार्य वित्तिय साक्षरताको बारेमा जानकारी बृद्धि गर्ने, सामुहिक लगानीको खोजी गर्ने र आपसी अनुभव आदानप्रदान गर्ने लक्ष्य राखेर भेलाको आयोजना गरिएको नेपालले बताए ।

Advertisement

Advertisement

Advertisement