आजदेखि युनिभर्सल पावरको आइपीओ बिक्री खुल्यो

Advertisement

काठमाडौं । युनिभर्सल पावर कम्पनीले (आज) आइतबारदेखि २१ लाख ३ सय ५० कित्ता आइपीओ बिक्री खुल्ला गरेको छ । कम्पनीले २१ करोड ३५ हजार रुपैयाँ बराबरको आइपीओ  निष्काशन गरेको हो ।

न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ। उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ।

कम्पनीले निष्काशन गरेको आइपीओमा  पुस २९ गतेसम्म आवेदन दिन पाइनेछ । आइपीओमा आयोजना प्रभावित दोलखाको गौरिशंकर, कालिञ्चोक, र विगु गाउँपालिकाका स्थानीय मात्रै आवेदन दिन पाउने छन् ।

स्थानीयहरुले हिमालयन बैंक गौरिशंकर शाखा, सिद्धार्थ बैंक, एनआईसी एशिया, महालक्ष्मी विकास बैंक, र सिन्धु विकास बैंकको चरिकोट शाखा कार्यालय तथा सिन्धु विकास बैंकको मुडे र सिंगटी शाखा कार्यालयबाट पनि आइपिओमा आवेदन दिन पाइने छ ।

Advertisement

Advertisement

Advertisement