अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारत १३७ रनले विजयी

Advertisement

काठमाडौँ । अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारत १३७ रनले विजयी भएको छ । अस्ट्रेलियाको मेलवर्नमा आज भएको पाँचौ दिनको खेलमा भारतले अष्ट्रेलियाले बाँकी दुई विकेट लिएपछि  विजयी भएको हो। पहिलो पालोमा ४३७ रन बनाएको भारतले अष्ट्रेलियालाई १५१ रनमा रोकेको थियो ।

पहिलो पालोमा २९२ रनको अग्रता बनाएको भारतले दोस्रो पालोमा १०६ रन बनाउँदै अष्ट्रेलियालाई ३९९ रनको चुनौती दिएको थियो । जवाफमा अष्ट्रेलियालाई दोस्रो पालोमा भारतले २६१ रनमा समेट्न सफल भयो । अष्ट्रेलियाविरुद्ध भारतका रविन्द्र जेडेजा र जसप्रित बुम्रराहले तीन तीन विकेट लिँदा इशान्त शर्मा र मोहम्मद सामीले दुई दुई विकेट लिए । अष्ट्रेलियाका पेट क्यूमिन ६३ रनमा आउट भएसँगै अष्ट्रेलियाको भत्किएको थियो।

Advertisement

Advertisement

Advertisement