सडक मर्मतमा ३२ अर्ब ५८ करोड सकियो सुधार भने अझै भएन

Advertisement

काठमाडौँ । गत आर्थिक वर्ष २०७४/७५ सम्ममा सरकारले देशैभरका राष्ट्रिय राजमार्ग, रणनीतक, प्रदेश स्तरका प्रमुख सडकदेखि गाउँपालिकासम्मको सडक मर्मतमा ३२ अर्ब ५८ करोड रुपैयाँ सकेको छ । बोर्ड गठन भएपछि यसले स्वीकृत गरेको ३९ अर्ब ६७ करोड रुपैयाँको बजेटमध्ये ८२ प्रतिशत खर्च भइसकेको भएपनि सडकको अवस्थामा भने सुधार देखिएको छैन् ।

काठमाडौं उपत्यकाको सडक धुलो र खाल्डारहित हुन सकेको छैन भने उपत्यकाबाट बाहिरिने कलंकी नागढुङ्गा हुँदै जाने पृथ्वी राजमार्गको हालत अहिले पनि खराब नै छ । काठमाडौं भित्रने र बाहिरीने प्रमुख सडककै हालत खराब रहेको देखिन्छ तर बोर्डले खर्च गरेर सिध्याएको अर्बौमा भने कुनै प्रगति देखिएको छैन् ।

सडक बोर्डले आर्थिक वर्ष २०६०/६१ देखि २०७४/७५ सम्मा सडक विभागलाई ३४ अर्ब ३४ करोड, सम्बन्धित जिविसलाई १ अर्ब ८० करोड, नगर तथा महानगरका लागि ३ अर्ब ५१ करोड र गाउँपालिकाको लागि १ करोड १५ लाख गरि हालसम्म ३९ अब ६७ करोड ८६ लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ । यसमध्ये हालसम्म ३२ अर्ब ५८ करोड ५४ लाख खर्च भएको पनि सडक बोर्डले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement