समाजसेवीले गरे एक गरिब बालकलाई १ अर्ब २० करोड अनुदान

Advertisement

वासिङटन । सियाटल निवासी ६३ वर्षिय सामाजिक कार्यकर्ता एलन नाइम्यानले मर्नु भन्दा अगाडि गरिब बच्चालाई १ करोड १० लाख डलर यानेकि १ अर्ब २० करोड हाराहारीको धनराशी दिएका छन् । उनले दिएको यो दान उनका नजिकका साथीलाई समेत थाहा थिएन । यसै वर्षको जनवरीमा क्यान्सरका कारण एलनको मृत्यू भएको थियो ।

उनले दान गरेको कुरा हालै मात्र उनका अत्तराधिकारीबाट थाहा हुन आएको हो ।“यो कुराको जानकारी भएपछि सबै आश्चर्य चकित भएका छन्,” वासिङटनमा चिल्ड्रेन सर्भिसमा एलनसँग काम गरिसकेका चुर्कि म्यारी मोनाहनले बताइन् । यति धेरै रकम उने कसरी दान गरे भन्ने विषयमा सबै चकित भएका छन् । क्यान्सरको विषयमा जानकारी प्राप्त हुने वित्तिकै उनले मर्नु अगाडि सबै सम्पत्ति दान गरिदिने बताएका थिए ।
उनले समाजिक सेवामा कैयौ यस्ता बच्चासँग काम गरेका थिए, जो आर्थिक रुपमा कमजोर र शारीरिक रुपमा पनि कमजोर भएको बताइन् । विश्वमा यस्ता धेरै मानिस भएको जसलाई धेरै दिन आवश्यक भएको जस्तो उनलाई लाग्ने गरेको उनले बताइन् । एलनले बच्चासँग काम गर्नका ३० वर्ष पहिले आफ्नो बैंकिङ करियर पनि छोडेका थिए ।

Advertisement

Advertisement

Advertisement