गुल्मीको रानीबासमा पुग्यो प्रभु बैंक, परराष्ट्र मन्त्रीले गरे उद्घाटन

काठमाडौं । प्रभु बैंकले  गुल्मीको रानीबासमा नयाँ शाखा सञ्चालन गरेको छ । गाउँपालिकामा आयोजित उक्त कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले शाखा कार्यालयको समुद्घाटन गरेका छन् ।

गुल्मी जिल्ला स्थित बैंकको रानीबास शाखा कार्यालय उद्घाटन कार्यक्रममा गुल्मी जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।