साताको सुरुमै सेयर बजारमा दोहोरो अंकको गिरावट

Advertisement

काठमाडौं । गएको साता उत्साहजक सुधार देखिएको सेयर बजारमा यो साताको शुभारम्भमै खराब संकेत देखिएको छ । आइतबार सेयर बजार परिसुुचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से १० दशमलव ६२ अंकले घटेर एक हजार २०४ कायम भएको छ ।

आज कुल १२ लाख ३६ हजार ३६४ कित्ता शेयर ४५ करोड ४२ लाख ८४ हजार ३९३ रुपियाँको कारोबार भएको छ । आइतबार कारोबारमा आएका समूहमध्ये होटल, निर्जीवन र उत्पादन समूह बढेका छन् भने अन्य समूहमा गिरावट आएको छ ।

त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शेयर सबैभन्दा बढी कारोबार भएको छ भने काबेली विकास बैंक, नेपाल टेलिकमका लगानीकर्ताले धेरै गुमाएका छन् । तर, मल्टीपर्पोज फाइनान्स, माहुली सामुदायिक लघुवित्त कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् ।

Advertisement

Advertisement

Advertisement