मेस्सी र रोनाल्डो विवादमा

Advertisement

काठमाडौँ । फुटबल क्षेत्रका अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी र पोर्चुगिज सुपरस्टार क्रिस्टीयानो रोनाल्डोमध्ये को नम्बर एक भन्ने विवाद बढेको लामो समय भयो  । रुस विश्व कपदेखि ब्यालोन डि’ओर अवार्ड सम्म मेस्सी र रोनाल्डोबीचको होडबाजी झनै उत्कर्षमा पुग्यो । पाँच पाँच पटक ब्यालोन डि’ओर जितेका यी स्टारले यसपटक ब्यालोन डि’ओर जित्न सकेनन् ।

लामो समय 'स्पेनिस ला लिगा' खेलेका मेस्सीका प्रतिस्पर्धी रोनाल्डो अहिले ला लिगाबाट अलग छन् । मेस्सी बार्सिलोनामै रमाए पनि रोनाल्डो इटालियन क्लब युभेन्ट्समा जमेका छन् । तरपनि को ठूलो भन्ने होडबाजी चलिनै रहेको छ ।

सन् २०१८ मा मेस्सी र रोनाल्डोबीच को उत्कृष्ट भन्ने होडबाजी झनै उत्कर्षमा पुग्यो । बर्षको अन्त्यमा मेस्सी नम्बर १ खेलाडी भएको तथ्यले पुष्टि गरेको छ । बार्सिलोनाका कप्तान मेस्सी वर्ष २०१८ का सर्वाधिक गोलकर्ता बनेका छन् । गोल मेसिनको उपमा पाएका मेस्सीले यसबर्ष ब्यक्तिगत सर्वाधिक ५१ गेल गरेका छन् । उनले गरेको यो गोल देश र क्लबका लागि हो ।

Advertisement

Advertisement

Advertisement