राष्ट्र बैंकको तीन अर्ब रुपियाँको ऋणपत्र बिक्री खुल्ला

Advertisement

काठमाडौं।  नेपाल राष्ट्र बैंकले तीन अर्ब रुपियाँको अल्पकालीन सरकारी ऋणपत्र (ट्रेजरी बिल) बिक्री खुल्ला गरेको छ ।

राष्ट्र बैंकले ९१ दिनको लागि एक अर्ब रुपियाँ बराबर र ३६४ दिनका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल आज जारी गर्दैछ । राष्ट्र बैंकले सरकारलाई आवश्‍यक पर्ने ऋण उठाउन ट्रेजरी बिल जारी गर्छ । अल्पकालीन आन्तरिक ऋण उठाउन प्रयोग गरिने यस्तो खालको ट्रेजरी बिल २८, ९१, १८२ र ३६४ दिने गरी चार किसिमका हुन्छ ।

आज खुला गरिने ट्रेजरी बिलको जारी मिति मंगलबारलाई राखिएको छ । सरकारले चालू आर्थिक वर्षमा एक खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

 

Advertisement

Advertisement

Advertisement