सिद्धार्थ बैंकलाई ऋणपत्र बेच्न मुस्किल

Advertisement

काठमाडौँ ।  बैंकहरुले निष्कासन गरेको ऋणपत्र बेचिन मुस्किल परेको छ । हाल ऋणपत्र निष्कासन गरिरहेका विभिन्न बैंकहरुमध्ये सात वर्षे ऋणपत्र निष्कासन गरेको सिद्धार्थ बैंकलाई ऋणपत्र बेच्न अझै मुस्किल परेको छ । सिद्धार्थको साढे १० प्रतिशत व्याजदरको ऋणपत्रमा आवेदन कम परेको छ ।

ऋणपत्र निष्कासन भएकै बेला व्यक्तिगत मुद्दतीमा केही बैंकले १३ प्रतिशतसम्मको व्याजदर दिएपछि ऋणपत्र बिकाउन सो बैंकलाई मुस्किल परेको हो । सिद्धार्थ बैंकले १ हजारको दरमा २ अर्ब २५ करोडको ऋणपत्र बिक्री गर्ने लक्ष्य लिएको छ । जसमा ४५ करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको छ । उक्त बैंकको आवेदन पुस २३ गतेसम्म खुल्ला रहनेछ ।

Advertisement

Advertisement

Advertisement