राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा रिडी बजारमा, परराष्ट्र मन्त्रीले गरे उद्घाटन

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले गुल्मीको रिडी बजारमा २१० औं शाखा सञ्चालनमा ल्याएको छ । शनिबार आयोजित एक कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले उक्त शाखाको उद्घाटन गरे ।

हालसम्म बैंकले देशभर २१० वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग इकाई मार्फत सेवा प्रदान गरेको छ । हाल बैंकको १ खर्व ८० अर्ब रुपैंया निक्षेप संकलन र १ खर्व २८ अर्ब रुपैंया कर्जा लगानी रहेको छ ।

Advertisement

Advertisement

Advertisement