दुग्ध उद्योगबाट सरकारलाई वार्षिक एक अर्ब राजस्व

Advertisement

काठमाडौँ | नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्रको कूल गार्हस्थ्य उत्पादनको योगदान नौ प्रतिशत पुगेको जनाएको छ । विरेन्द्रनगरमा सम्पन्न २०औँं राष्ट्रिय साधारणसभामा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।

दुग्ध उद्योगले सरकारलाई वार्षिक एक अर्ब राजस्व बुझाउने पनि एशोसिएशनको दाबी छ । दैनिक तीन करोड बराबरको दुग्ध उत्पादन गाउँबाट शहर प्रवाह भइरहेको एशोसिएशनले जनाएको छ ।

नेपालमा हाल ५० लाख लिटर दूध उत्पादन हुने गरेको छ । त्यसमध्ये कृषक स्वयंले ५० प्रतिशत दूध उपभोग गर्ने गरेका छन् । त्यस्तै दुग्ध उद्योगमा पाँच लाख कृषक परिवार रोजगारीमा आबद्ध छन् । ३० हजार बढीले उद्योगमै प्रत्यक्ष रोजगारी पाएको अवस्था छ”, एशोसिएशनका महासचिव प्रलाहद दाहालले भने, “सरकारले दिँदै आएको ५० प्रतिशत भ्याट छुट पनि हटाएको छ, जसले गर्दा आयातित दुग्ध पदार्थसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको छ ।”

एशोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले प्रदेश नं ३ र ४ सरकारले प्रादेशिक दुग्ध विकास बोर्ड गठन गरिसकेको जानकारी दिईन । एशोसिएशनले बाँकी प्रदेशमा दुग्ध विकास बोर्ड गठन गर्न, दुग्ध विकास नीति परिमार्जन गर्न, उपकरण खरिदमा सहुलियत दिन, सातै प्रदेशमा पाउडर प्लान्ट स्थापनाका लागि सहयोग गर्न सरकारलाई आग्रह गरेको छ ।

Advertisement

Advertisement

Advertisement