पहिरोले रसुवागढी नाका अवरुद्ध

Advertisement

धुन्चे । सदरमुकाम धुन्चेदेखि चार किलोमिटर उत्तरमा रहेको खोपाङभीरमा सुख्खा पहिरो जाँदा सोमबार रसुवागढी नाका जाने त्रिदेशीय मार्ग बन्द भएको छ।

त्रिदेशीय मार्गअन्तर्गत गोसाइकुण्ड गाउँपालिका ५ खोपाङभीरमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आइतबार रातिदेखि सडकमाथिबाट सुख्खा पहिरो खस्दा धुन्चे स्याफ्रुवेशी सडकखण्ड अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा रसुवागढी नाका जाने आउने कन्टेनर, यात्रुबाहक सवारीसाधन अलपत्र परेका छन् । अहिले नुवाकोटबाट स्काभेटर मगाएर पहिलो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement