भोलिदेखि लगानीकर्ताले घरमै बसेर सेयरको किनबेच गर्न पाउने नेप्सेको दाबी

Advertisement

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले भोली पौष १७ गतेदेखि सम्पूर्ण इच्छुक लगानीकर्ताहरुका लागि बैंकिङ प्रणालीसँग एकिकृत अनलाइन कारोबार प्रणाली सुरु गर्ने भएको छ । यसअघि नेप्सेले जारी गरेको कार्य तालिका बमोजिम मंगलबारदेखि नेप्सेको अनलाइन कारोबार प्रणलीमा आबद्ध लगानीकर्तालाई घरमै बसेर आनलाइनबाट कारोबार गर्न सक्ने व्यवस्था गर्न लागेको हो ।

पहिले प्रकाशन गरेको कार्यतालिका अनुसार नेप्सेले सबै तयारी गरेको र अब अनलाइन प्रणालीमा आबद्ध भएर आफ्नोतर्फबाट सम्पूर्ण तयारी पुरा गरेका लगानीकर्ताले भोलीदेखि घरमै बसेर कारोबार गर्न सक्ने नेप्सेका प्रवक्ता मुरारी पराजुलीले बताए ।

गत मंसिर २३ गतेबाट लागानीकर्ताहरुका लागि अनलाइन कारोबार खुला गरिएता पनि भोलीदेखी पूर्ण रुपमा अनलाइन प्रणालीमा लगानीकर्ताको पहुँच पुग्ने उलले बताए । मंसिर २३ गतेदेखि अहिलेसम्म सक्रिय रुपमा अनलाइन प्रणालीको प्रयोग गरेर कारोबार गर्ने लागानीकर्ताको संख्या मात्रै ९२ रहेको उनले जानकारी दिए ।

हालसम्म अनलाइन कारोबारका लागी पाँच सय ५६ जना लागानीकर्ताले सुविधा लिए पनि सक्रिय रुपमा कारोबार गर्नेको संख्या मात्रै ९२ रहेको उनले बताए । उनका अनुसार दोस्रो बाजर निरन्तर कारोबार गर्ने सक्रिय लगानीकर्ताको संख्या एक लाख भन्दा केही कम रहेको छ ।

लगानीकर्ताहरुले धेरै पहिलादेखिनै अनलाइन प्रणाली सुरुवातको माग गरेता पनि सुरुभएछि भने त्यसमा सहभागिता उत्साहजनक देखिएको छैन् । उसो त आनलाइन प्रणाली लागानीकर्ताका लागि अनिवार्य नभएर एैच्छिक मात्रै हो ।

लगानीकर्तालाई ब्रोकर कम्पनीमा नगइकन घरमै बसेर आफ्नो बैंक एकाउन्ट र डिम्याट एकाउन्टको सहायताले कारोबार गर्न सघाउने अनलाइन प्रणालीमा लगानीकर्ताको न्युन सहभागिता रहेको छ ।

अनलाइन कारोबारको तयारीका लागि सर्वप्रथम लगानी कर्ताले अनलाइन कारोबार प्रणालीसँग आबद्ध कुनै एक बैंकमा नगद खाता र एक डीपी एजेन्टमा सेयरको डीपी खाता खेलेको हुनुपर्छ । यस पश्चात ब्रोकर कम्पनीसँग कारोबार सदस्य–ग्राहक सम्झौता गरी राफसाफको लागि बैंकमार्फत रकमान्तर गर्ने व्यवस्था मिलाउनु पर्ने हुन्छ ।

यी लागायतका सम्पूर्ण तायारी पुरा गरेका इच्छुक सम्पूर्ण लागानीकर्ताले भोली देखि घरमै बसेर सेयरको अनलाइन कारोबार गर्नसक्ने नेप्सेले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement