स्थानीय खाद्यान्न र परिकारको प्रचारप्रसारका लागि ‘खाद्य मेला’ आयोजना हुने

Advertisement

राँझा । पश्चिम नेपालमा पाइने खाद्य वस्तुको बारेमा प्रचारप्रसार गर्न नेपालगञ्जमा ‘खाद्य मेला २०७५’ आयोजना गरिने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको आयोजनामा यही मङ्सिर २८ देखि पुस १ गतेसम्म यहाँस्थित रामलिला मैदानमा मेला सञ्चालनको तयारी गरिएको छ ।

पश्चिम नेपालमा पाइने पोषिला खाद्य वस्तु र उत्पादित खाद्यान्नबाट तयार पारिने खाद्य पदार्थको प्रचारप्रसारका साथै बजारीकरण गर्न खाद्य मेला आयोजना गर्न लागिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख ज्योत्सना श्रेष्ठले बताए ।

मेलामा साविक मध्यपश्चिमका विभिन्न जातजातिको मौलिक परम्परागत पोषणयुक्त खाद्य पदार्थ, स्थानीय उद्योगबाट उत्पादित खाद्य वस्तुको प्रदर्शनी तथा बिक्री कक्ष रहने श्रेष्ठले जानकारी दिए ।

मेलामा राखिने ६० वटा कक्षको भाडा नलाग्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ । खाद्य मेलामा किनमेल गर्न र अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको श्रेष्ठले जानकारी दिए । मेलामा होटल, रेष्टुराँ व्यवसायीका लागि कक्षको व्यवस्था गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement