जोशी हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुला

Advertisement

काठमाडौं । आजदेखि जोशी हाइड्रोपावरले १६ लाख ९० हजार ४७० कित्ता आइपीओ बिक्री खुला गरेको छ । यसमा न्यूनतम ५० कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म भर्न सकिन्छ । यसको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।

कम्पनीले ५० हजार ७१४ कित्ता ९३५० कर्मचारी र ८४ हजार ५२३ कित्ता ९५५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । यसबाट बाँकी रहेको १५ लाख ५५ हजार २३३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । स्थानीय बासिन्दाले नकिनेको २ लाख ४२ हजार १० कित्ता सेयरसमेत थपेर सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरिएको हो ।

जोशीको यो आइपीओमा सी–आस्वाको माध्यमबाट मंसिर १९ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै आइपीओ बिक्री नभएमा भने पुस १६ गतेसम्म पनि भर्न पाउने व्यवस्था छ ।

Advertisement

Advertisement

Advertisement