एप्पललाई पछि पार्दै माइक्रोसफ्ट, १६ बर्षपछि माइक्रोसफ्ट बजार पूँजीकरणमा अग्रस्थानमा

Advertisement

काठमाडौं । एप्पललाई पछि पार्दे माइक्रोसफ्ट दुनियाँको सबैभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनी बनेको छ । १६ बर्षपछि माइक्रोसफ्टले दुनियाँको सबैभन्दा ठूलो कम्पनीका रुपमा आफ्नो स्थान लिएको हो ।

शुक्रबार अमेरिकी शेयर बजार बन्द भएसँगै माइक्रोसफ्टको भ्यालूएसन ८५१ दशमलव २ अर्ब डलर अर्थात् करिब ९५ लाख करोड रुपैयाँ रह्यो ।
सन् २००२ पछि पहिलोपटक माइक्रोसफ्ट बजार पूँजीकरणमा अग्रस्थानमा आएको हो । एप्पल सन् २०१२ देखि सबैभन्दा बढी बजार पूँजीकरण भएको कम्पनीका रुपमा पहिलो स्थानमा रहदै आएको थियो ।

शुक्रबार माइक्रोसफ्टको शेयर मूल्य ११०।८९ अर्ब डलर र एप्पलको शेयर मूल्य १७८।६८ डलर रह्यो । हप्ताभरीमा माइक्रोसफ्टको बजार पूँजीकरण कयौँ पटक धेरै रहेको थियो । तर काराबारको अन्तिम दिन एप्पलभन्दा माइक्रोसफ्ट तल रह्यो ।

एप्पल यो बर्ष अगस्टमा एक ट्रिलियन डलर भएको पहिलो अमेरिकी कम्पनी बनेको थियो । तर नोभेम्बर महिनामा यसको शेयरमा १६ प्रतिशत गिरावट आयो ।
सन् २०१४ पछि ४ बर्षको अवधिमा माइक्रोसफ्टको शेयर मूल्य तीन गुणाले बढेको छ ।

Advertisement

Advertisement

Advertisement