पवन गिरीलाई नेपाल आइडलको यात्रामा पूर्णविराम, टप ६ बाट बिदाई हुँदा यसरि सबैलाई रुवाए

Advertisement

काठमाडौं । नेपालको चर्चित रियालिटि शो 'नेपाल आइडल सिजन २' का प्रतियोगी पवन गिरी नेपाल आइडलको मञ्चबाट बाहिरीएका छन् । उनको नेपाल आइडलको यात्रामा टप ६ बाट पूर्णविराम लागेको छ।

गिरीले टप ६ सम्म पुग्दा लाखौं दर्शक, श्रोता तथा जर्जहरुको मन जितेका थिए । उनी नेपाल आइडलको आगनका एउटा बलियो प्रतियोगी थिए । औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका उनले भर्सटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन जितेका थिए।

नेपाल आइडलको अन्तिम यात्रासम्म आउँदा उनले आँफुभित्रको प्रतिभालाई झनै बढि निखार्दै सक्षम र बलियो आवाज दिँदै दुनियाँलाई नचाउँदै नेपालि जनताको हृदयमा बस्न सफल भएका थिए ।  तर केहि भोट अपुगका कारण उनी नेपाल नेपाल आइडल सिजन २ बाट बाहिरीएका हुन् ।

शंकरदेव कलेजमा बिबिएस अध्ययनरत गिरीले आफ्नो व्यवसायिक क्यारियरको लागि उत्तम मार्गको रुपमा सङ्गीतलाईनै रोजेर अगाडी बढेको बताउँछन् ।

नेपाल आइडलबाट बाहिरिने प्रतियोगीको नाममा आफ्नो नाम सुनेपछि उनका आँसु थामिएनन् । उनले नेपाल आइडलले आफ्नो सांगीतिक तिर्खा मेट्न सहयोग गरेकोमा आभार व्यक्त गरे ।

साथै आउने दिनमा नेपाल आइडलले दिएको इज्जत, मान र सम्मान कायम राख्दै गीत, संगीतमा अघि बढ्ने वाचासमेत गरे। https://www.youtube.com/watch?v=iUF8y28CvIY

Advertisement

Advertisement

Advertisement