नेप्सेमा झण्डै १८ अंकको भारी गिरावट, लगातारको गिरावटले लगानीकर्ताहरु संकटमा

Advertisement

काठमाडौं । सेयर बजारमा सुधार आउला कि ? भन्ने आशामा महिनौदेखि प्रतिक्षामा रहेका लगानीकर्तालाई बजारले निराश र संकटमा पारेको छ । सेयर बजार परिसुचक नेप्सेमा सुधार आउनुको सट्टा भारी अंकले गिरावट हुन थालेको छ ।

साताको पहिलो दिन आइतबार नेप्से परिसुचक झण्डै १८ (१७ दशमलव ७३)अंकले घटेर एक हजार १३० कायम भएको छ । कारोबार रकममा भने केही सुधार आई ४४ करोड रुपियाँभन्दा बढिको सेयर किनबेच भएको छ ।

सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूह एक दशमलव ५४ प्रतिशतले घटेको छ । व्यापारबाहेक बाँकी समूहमा आज गिरावट छ । जसमा दुई प्रतिशतभन्दा बढिको गिरावट जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त समूहमा देखिएको छ भने होटल समूहमा एक दशमलव ८६ प्रतिशत, जलविद्युतमा एक दशमलव ३५ प्रतिशतको गिरावट छ ।

आज कुल १५६ कम्पनीको सेयर किनबेच भएकोमा जम्मा १४ कम्पनीले मात्रै नाफा गरेका छन् । सबैभन्दा धेरै घाटा खानेमा लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ता छन् ।

Advertisement

Advertisement

Advertisement