वीरगंजमा लुम्बिनी विकास बैंकको एटिएम सेवा विस्तार

Advertisement

काठमाडौं । लुम्बिनी विकास बैंकले वीरगंज, आदर्शनगर स्थित व्यापारिक कम्प्लेक्समा रहेको बैंकको शाखामा एटिएम मेसिन सञ्चालनमा ल्याएको छ ।

वीरगंज महानगरपालिकाका मेयर तथा लुम्विनी विकास बैंकका संस्थापक विजयकुमार सरावगीले उक्त एटिएमको उद्घाटन गरे ।हालसम्म देशभर बैंकका कुल ६५ शाखा कार्यालयहरु तथा १४ एटिएम मार्फत ग्राहकलाई सेवा दिँदै आइरहेको छ।

यस बैंकको भिसा एटिएम कार्डबाट देशभरका जुनसुकै बैंकको भिसा नेटवर्क अन्तर्गतका एटिएम मेसिनबाट पैसा झिक्दा कुनै शुल्क नलाग्ने तथा भूक्तानीका लागि समेत प्रयोग गर्न सकिने बैंकको वीरगंज शाखाका शाखा प्रवन्धक अशोक भण्डारीले जनाए ।

Advertisement

Advertisement

Advertisement