नेपाल टेलिकमको मोबाइल टेलिफोन सेवामा समस्या

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलीकम)को मोबाइल सेवामा समस्या आएको छ । ललितपुरको जावलाखेलबाट काठमाडौंको सुन्धारा आउने अप्टीकल फाइबरमा समस्या आएकोले मोबाइल टेलिफोन सेवामा समस्या आएको हो ।

टेलिकमको मोबाइल सेवामा आइतबार दिउँसो २ बजेदेखि अहिले पनि समस्या रहेको छ । जावलाखेलबाट सुन्धारा जोड्ने फाइबर कनेक्सन ब्रेक भएकोले समस्या आएको टेलिकम स्रोतले जनाएको छ ।

कम्पनीले अहिले समस्या समाधानको काम गरिरहेको सहप्रवक्ता सोभान अधिकारीले जानकारी दिए । समस्याको मूल कारण के हो भन्ने अझै आधिकारीक कारण भने आइनसकेको उनले बताए । टेलिकमका टेक्निकल टीम यसका लागि काम गरिरहेकोले चाँडै समस्या समाधान हुने उनले आश्वासन दिएका छन् ।

Advertisement

Advertisement

Advertisement