अर्थमन्त्रीको तर्क– बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिनु आर्थिक संवृद्धिको संकेत हो

Advertisement

काठमाठौं । राजधानीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय लघुवित्त सम्मेलन १५ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सकिएको छ । शनिबारबाट सुरु भएको सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी ओलीले गरेका थिए । घोषणापत्रले ‘स्वच्छ लघुवित्त, हाम्रो अभियान’ भन्ने नारालाई मूर्तरूप दिन सम्मेलनमा सहभागीहरूले परिणाममुखी काममा केन्द्रित हुनुपर्ने, वित्तीय साक्षरतालाई लघुवित्तले सञ्चालन गर्नुपर्ने, लघुवित्तको पहुँच विस्तारमा अघि बढ्नुपर्ने, स्वास्थ्य तथा कर्जा बीमा कार्यान्वयनमा बीमा सेवा प्रदायक संस्थासँग समन्वय गर्ने, सदस्यलाई ऋणको भार पर्न नदिने गरी कर्जा प्रवाह गर्नुपर्ने, लघुवित्तले जीवनस्तरमा पारेको प्रभाव मापन गरी स्तरवृद्धि मापन कार्ड प्रदान गर्नेलगायत १५ बुँदा समेटेको छ ।

Advertisement

सम्मेलन समापन कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले लघुवित्तले दिगो विकासमा सघाउ पुर्याउने बताए । उनले दिगो विकासको अवधारणामा लघुवित्तको प्रयोग सफल उदाहरण भएको उल्लेख गरे । मन्त्री खतिवडाले सम्मेलनले जारी गरेको १५ सूत्रीय घोषणापत्र कार्यान्वयनमा सरकारले सघाउने बताए ।
उनले भने, “तपाईंहरू अघि–अघि दौड्नु भएको छ, लघुवित्तको पछाडि सरकार दौडिरहेको छ । १५ बुँदे घोषणापत्र, राष्ट्र बैंकले गरेको व्यवस्था र ऐन नियममा भएको व्यवस्था जुन तपाईंहरूलाई चित्त बुभm्दैन त्यसमा कार्यदल बनाएर अघि बढौं । हामी समस्या भएका व्यवस्थाहरू संशोधन गर्न तयार छौं ।”
मन्त्री खतिवडाले बैंकिङ प्रणालीमा अहिले देखिएको तरलता अभाव उच्च आर्थिक वृद्धिदरको संकेत भएको स्पष्ट पारे । उनले भने, “बच्चाको दाँत आउने बेलामा पखाला लागेको जस्तै अहिलेको तरलता समस्या पनि आर्थिक वृद्धि हुन लागेको संकेत हो । कामहरू हुन थालेपछि चारैतिरबाट पैसाको माग आउँछ र अभाव हुन थाल्छ । अहिलेको अवस्था पनि यस्तै भएको हो ।”सांसद लीलानाथ श्रेष्ठले गरिबी र अशिक्षालाई हटाउन र देशको समृद्धिका लागि सरकारको मात्र मुख नताक्न आग्रह गरे । देशको समृद्धिका लागि सबैपक्षबाट काम हुनुपर्ने उनको भनाइ छ । श्रेष्ठले अहिले केही लघुवित्तहरू आफ्नो क्षमताभन्दा बाहिर गएको भन्दै चिन्ता व्यक्त गरे । ऋणीको क्षमता नहेरी आवश्यकताभन्दा बढी कर्जा दिने, ऋण लिनेले पनि बढी माग गर्ने जस्ता कुरा नम्र्सभन्दा बाहिर भएको उनको भनाई छ ।सांसद तुलसा थापा, किसान लघुवित्त विकास बैंकका सञ्चालक शुभनाथ देवकोटा, आयोजकको तर्फबाट पद्यमासना शाक्य,

दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७५ को घोषणा

२०७५ साल मंसिर १५ र १६ गते काठमाडौंमा भएको दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको समुद्घाटन समारोहमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट समुद्घाटन सम्बोधन गर्दा दिनु भएको निर्देशन, महिला ग्राहक सदस्यहरुको छलफल एवं सुझाव र विज्ञहरुको मन्तब्यबाट प्राप्त बँुदाहरुलाई अंगिकार गरी यो घोषणा –पत्र तयार गरी अनुमोदनको लागि प्रस्तुत गरिएको छ ।१.“स्वच्छ लघुवित्त हाम्रो अभियान” लाई कार्यान्वयन गरी मूर्त रुप दिन सम्मेलनकासहभागी सदस्यहरु आ(आफ्नो क्षेत्रमा आफ्नो संस्थाको अभियन्ताकोे रुपमा कार्य गरी परिणाम मुखी बनाउन अठोट गर्ने ।२. वित्तीय साक्षरता कार्यक्रमप्राथमिकताका साथ सम्पूर्ण लघुवित्त संस्थाहरुले अभियानको रुपमा संचालन गरी“स्वच्छ लघुवित्त, हाम्रो अभियान” लाई साकार एवं सफल पार्ने ।३. लघुवित्तमा हालसम्म पहुंच नभएका तथादुर्गम स्थानका अति विपन्न वर्गमा समेत पु¥याउन कार्ययोजना बनाई प्राथमिकताका साथ लघुवित्त सेवाको पहुंच विस्तार गर्ने ।४.लघुवित्त संस्थाहरुले सुशासन, लघुवित्तको सिद्धान्त, मूल्यमान्यताको पूर्ण पालना हुने गरी प्रतिबद्धताका साथ लघुवित्त कार्यक्रम संचालन गर्ने ।५.लघुवित्त संस्थाहरुले आफ्ना सदस्य एवं परिवारहरुको हित एवं सुरक्षाकोलागि स्वास्थ्य तथा कर्जा बीमा लगायत विभिन्न बीमा सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न बीमा प्रदायक संस्थाहरुसँग समन्वय गरी लागू गर्ने ।६. लघुवित्त कार्यक्रममा संलग्नलघुवित्तसंस्थाहरु र सहकारीहरुले कर्जा साख सूचना (सीआईसी) लिने एवं दिने नियमको पूर्ण पालना गरी ‘स्वच्छ लघुवित्त हाम्रो अभियान’को मर्म अनुरुपएक जना एक लघुवित्त संस्थामा रही सदस्यको आवश्यकता एवं क्षमताको मूल्यांकन गरी आवश्यक रकम मात्र कर्जा प्रवाह गर्ने र सदस्यहरुलाई अनावश्यक अधिक ऋण भारको जोखिममा पर्न बाट जोगाउने कार्यनीति तुरुन्त अवलम्बन गर्ने ।७. लघुवित्त संस्थाका नीति निर्माताहरु(संचालक समिति समेत) ले ग्राहक सदस्य प्रति जिम्मेवार भई ग्राहकसदस्यहरुको व्यवसाय, सीप तथा क्षमता विकासका साथै सदस्यहरुको हित संरक्षण हुने एवंउद्यमशीलता बढाउने कार्यमा नीति बनाइ लागू गर्ने ।साथै उत्पादित वस्तु बजारीकरणको व्यवस्था र सहजीकरण गर्न नेपाल सरकार लाई अनुरोध गर्ने ।८.स्थानीय स्तरमा रहेकाउद्यम विकास गर्नेकार्यालयहरुसंग समन्वय गरी लघुवित्त सदस्यहरुलाई उद्यमशीलता विकासका तालिमहरु दिई उद्यमी बनाउनस्थानीय स्तरमा उपलब्ध सीप, साधन रश्रोतमा आधारित उद्यम एवंसृजनशील कार्यका लागि प्रत्येक लघुवित्त संस्थाले आवश्यक रणनीति तयारगरीलागू गर्ने ।९. लघुवित्त कार्यक्रमको सेवाबाटग्राहक सदस्यको जीवनस्तरमा पारेको प्रभावकोस्तर मापन नियमित रुपमा गर्नप्रत्येक संस्थामा इकाइकोस्थापना गर्ने र सो इकाईले ग्राहक सदस्य स्तर वृद्घि मापन कार्ड ग्रोथ रेकर्ड कार्ड तयार गरी प्रत्येक सदस्यलाई उपलब्ध गराउने र सोको निरन्तर अनुगमन गर्ने ।१०. लघुवित्त कार्य गर्ने सहकारी संस्थाहरुलाई संशोधित सहकारी ऐन २०७४ मा ५, ७, र १० प्रतिशत आयकर तिर्नू पर्नेव्यवस्था रहेकोमा २० प्रतिशत आयकर लिने गरेकोले सहकारी ऐन २०७४ अनुसार आयकर लिने व्यवस्था कार्यान्वयनकोलागिनेपाल सरकार, अर्थ मन्त्रालय र सहकारी विभागलाई अनुरोध गर्ने ।११. उद्योग मन्त्रालय अन्तरगत कम्पनी रजिष्ट्रार कार्यालयले नेपालको लघुवित्त कार्यक्रमलाई प्रभावकारी भूमिका खेलेको गैर सरकारी संस्थालाईअप्राकृतिक संस्था भनि उनीहरुले लघुवित्त वित्तीय संस्थाहरुमा लगानी गरेको संस्थापक सेयर विक्री गर्नु पर्ने भनी गरेको निर्देशन कम्पनी ऐन विपरित समेत भएको हुँदा गैर सरकारी संस्थाहरुले लघुवित्तवित्तीय संस्थामा लगानी गर्न नपाउने निर्देशनखारेज गर्न नेपाल सरकार, उद्योग मन्त्रालयलाईअनुरोध गर्ने ।१२. लघुवित्त संस्थाहरुले लघुवित्तको दिगाोपना तथा गरीवी न्यूनीकरण लक्ष्यलाई दृष्टिगत गरी सन् २०३० सम्ममा गरिवी शून्यमा झार्ने गरी लघुवित्त कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्ने ।१३.लघुवित्त संस्थाहरुले विगत केहि वर्ष देखि सेवा तथा कर्जा विस्तारमा अनअपेक्षित रुपमा नगद प्रवाहमा अभावको सामना गर्नु परेको छ । यसको दीर्घकालिक समाधानका निम्ति लघुवित्त संस्थाहरुलाई निक्षेप संकलन गर्न दिने स्वीकृतीकोलागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने ।१४.ग्राहकहरुको स्वामित्वमालघुवित्त संस्थाहरुको संरक्षण र प्रवर्धन गर्न सर्वसाधारण शेयर एवं विक्री गर्न चाहने संस्थापक शेयर समेत सम्बन्धित संस्थाका ग्राहक एवं ऋणीहरुले खरिद गर्न सक्ने ब्यवस्था गर्ननेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डलाई अनुरोध गर्ने ।१५. लघुवित्त संचालन गर्दै आएका संस्थाहरु बाहेक नयाँ लघुवित्त संस्था दर्ता नगर्ननेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने ।

Advertisement

Advertisement