मनाङ र आर्मीको अपराजित यात्रा कायमै, भोलिदेखि छैटौं चरणका खेल हुने

Advertisement

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत पाँचौं चरणका खेल सकिंदासम्म मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबको अपराजित यात्रा कायमै रहेको छ ।

मनाङ शत प्रतिशत नतिजा निकाल्दै १५ अङ्कका साथ शीर्ष स्थानमा छ । मनाङ्लाई पच्छ्याइरहेको त्रिभुवन आर्मी चार खेलमा जित र एकमा बाराबरीसहित १३ अङ्कका साथ दोस्रो स्थनामा छ । थ्रीस्टार र सङ्कटा चारमा जीत र एउटामा पराजित हुँदै १२÷१२ अङ्कका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन् । नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब तीनमा विजयी, एउटामा पराजित र एक खेलमा बराबरीको नतिजासहित समान १०÷१० अङ्कका साथ पाँचौ र छैटौं स्थानमा छन् । सरस्वति क्लब दुई जीत र तीन खेलमा पराजित हुँदै छ अङ्कका साथ सातौं स्थानमा छ ।

ए डिभिजन लिगको नव प्रवेशी च्यासल युथ क्लब एउटा जीत, एउटामा बराबरी र तीन खेलदमा पराजित हुँदै चार अङ्कका साथ आठौं र सोही नतिजाका साथ फ्रेन्ड्स क्लब, जावलाखेल युथ क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब क्रमशः नवौं, १०औं र ११औं स्थानमा छन् । चार खेलमा पराजित र एउटामा जीतसहित ब्रिगेड ब्वाइज लिगको १२औं स्थानमा छ । मछिन्द्र दुई अङ्कका साथ १३ औं तथा एनआरटी एक अङ्कका साथ अङ्कतालिकाको पुछारमा छ ।

छैटौं चरणका खेल मङ्गलबारदेखि

लिगअन्तर्गत मङ्गलबारदेखि छैटौं चरणका खेल हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए । छैटौं चरणको पहिलो खेल एपिएफ क्लब र एनआरटीबीच हुनेछ । सोही दिन अर्को खेलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब भिड्ने छन् । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ ।

बुधबार मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच, च्यासल युथ क्लब र हिमालयन शोर्पाबीच तथा थ्रीस्टार र सरस्वति युथ क्लबबीच खेल हुनेछ । बिहीबार त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबसँग, ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबको सामना गर्नेछ ।

मङ्सिर २२ गतेदेखि सातौं चरणका खेल हुनेछन् । लिगको विजेताले ५० लाख रुपियाँ, उपविजेताले ३५ लाख रुपियाँ, तेस्रो हुनेले २५ लाख रुपियाँ, चौथो हुनेले १५ लाख रुपियाँ, पाँचौले सात लाख रुपियाँ र छैटौंले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछ । फेयर प्ले टिमले एक लाख रुपियाँ, प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार रुपियाँ तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार रुपियाँ प्रदान गर्नेछ ।

लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक मिश्रले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement