चौतारी लघुवित्तको  पाँच लाख ६० हजार कित्ता आइपीओ बिक्रि खुल्दै

Advertisement

काठमाडौं।  मंसिर १९ गतेदेखि चौतारी लघुवित्त वित्तीय संस्थाको पाँच लाख ६० हजार ७०० कित्ता आइपीओ बिक्रि खुला हुने भएको छ । कुल ६ लाख कित्तामध्ये ९ हजार ३०० कित्ता सेयर कर्मचारी र ३० हजार कित्ता  सेयर म्युचुअल फन्डलाई छुट्यएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।

चौतारीको यो आइपीओमा मंसिर २३ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै सेयर नबिकेमा भने पुस १९ गतेसम्म भर्न सकिनेछ । न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ ।

लगानीकर्ताले सी–आस्वाको माध्यमबाट सेयर भर्न सक्नेछन् । यसमा एनआइबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले चौतारीको आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

चौतारीको जारी पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ । चौतारी लघुवित्तले लुम्बिनी अञ्चलका ६ र राप्ती अञ्चलका ४ वटा जिल्लालाई कार्यक्षेत्र बनाएको छ । यसको केन्द्रीय कार्यालय बुटवलमा छ ।

Advertisement

Advertisement

Advertisement