सिटी एक्स्प्रेसको “लखपतिएक्स्प्रेस” योजनामा दोस्रो महिनाको विजेता घोषित

Advertisement

काठमाडौं। सिटी एक्स्प्रेसले “लखपतिएक्स्प्रेस” योजना अन्तर्गत दोस्रो महिनाको विजेता घोषणा गरेको घोषणा गरेको छ ।मलेसियाका मर्चण्ट्रेड बाट पैसा पठाई दोस्रो महिनाको रु १००,००० को मासिक लक्कीड्रमा परी पर्साका बिनोद अग्रहरी विजेता भएका छन् ।

यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ९२४ जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ३० जना विजेताले रु १०,००० र १ जनाले रु १००,००० जितिसकेका छन् ।सिटी एक्स्प्रेसको“लखपतिएक्स्प्रेस”उपहार योजनाअन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताहरुले दैनिकरु २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्नेछन । त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताहरुले रु १०,००० र हरेक महिना लक्कीड्रमा विजयी हुने एक जनाले रु १००,००० जित्न सक्नेछन् ।

उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि.१२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा रु १२,००,००० सम्म जित्न सक्ने छन् । यो योजना असोज १ गते देखि मंसिर २९ गते सम्मलागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुन सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement